× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    लियो क्लब अफ मुग्लिङ्ग सप्तरङ्गीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

    २ महिना पहिले

    जेठ-२७, लियो क्लब अफ मुग्लिङ्ग सप्तरङ्गीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ  ।

    मुग्लिङ्ग सप्तरङ्गी वर्ष २०२३/२४ का अध्यक्ष लियो सनम पन्तको सभाध्यक्षता तथा लायन्स क्लब अफ भरतपुर सप्तरङ्गी वर्षे २३/२४ को अध्यक्ष लायन ओमकार सिग्देलकाे प्रमुख आतिथ्यतामा क्लवको साधारण सभा सम्पन्न भएको हाे ।

    साधारण सभाले लायन वर्ष २०२४/२५ को लागी लियो सुरज सुनारकाे अध्यक्षतामा नयाँ कार्यसमिति  समेत चयन गरेकाे छ । कार्यसमितिकाे उपाध्यक्षमा लियो अश्विन श्रेष्ठ , सचिव लियो उज्ज्वल दवाडी , कोषाध्यक्ष लियो अनु अधिकारी , सह-सचिव लियो प्रकाश गुरुङ्ग , सहकोषाध्यक्ष लियो पुष्पा प्रजापति चयन भएका छन् ।

    कार्यक्रममा बोल्दै लियो सनम पन्तले आफु निवर्तमान भए पश्चात पनि क्लबलाई उत्तिकै चलायमान राख्नको निम्ति आफ़्नो सक्रियता उत्तिकै रहने बताए।

    क्लबलाई सफल र सक्रिय बनाउन क्लबका सम्पूर्ण पदाधिकारी लगायत सदस्यहरु को उत्तिकै भूमिका रहेको र सबैलाई लायन वर्ष २४/२५ लाई अझ उत्कृष्ट र सक्रिय बनाउन आआफ़्नो ठाँऊबाट जिम्मेबारी बहन गर्न आग्रह गरे।

    सभामा लायन्स क्लब  अफ भरतपुर सप्तरङ्गीका पुर्व अध्यक्ष लायन सीता पाण्डे , वर्ष २४/२५ का अध्यक्ष लायन प्रकाश सिंह विष्ट  लगायतको उपस्रथिति रहेका थिए ।