× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    चितवनकाे स्मलहेभन स्कुलकाे बसमा आगो लगाएको आरोपमा सामुदायिक विद्यालयका अध्यक्ष पक्राउ

    २ महिना पहिले

    चितवन, जेठ १५ । चितवनको भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति विश्वनाथ थारु महेश हुन् ।

    गत वैशाख ३० गते विहान विद्यार्थी लिन जाँदै गरेको भरतपुर महानगरपालिका–५ कल्याणपुरस्थित स्मल हेभन स्कुलको बागमती प्रदेश ०६-००१ क ००४५ नम्बरको बसलाई भरतपुर-२० दद्रहनी पुलमा रोकी थारुको समूहले पेट्रोल बम प्रहार गरेको प्रहरीको दाबी छ । पक्राउ परेका थारु भरतपुर-२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय, शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेको प्रहरीले जनाएको ।

    उनलाई प्रहरीले जेठ ११ गते विद्यालयबाट नै पक्राउ गरेको थियो । विद्यालय हाताभित्रबाट व्यवस्थापन समितिका अध्यक्ष पक्राउ गरेको भन्दैं विद्यालयले विज्ञप्ति नै निकालेर विरोध गरेको थियो । ३ वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले विद्यालयको बसमा आगो लगाउँदा बस पूर्ण रुपमा जलेको थियो । पक्राउ परेका थारुलाई जिल्ला अदालत चितवनबाट सात दिनको म्याद थप लिएर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जस्तो व्यक्ति अपराधिक क्रियाकलापमा निरन्तर सक्रिय भएको पाइएको प्रहरीले जनाएको छ । थारुले विगतमा माओवादीको नेत्र विक्रम चन्द विप्लव समूहमा काम गरेका थिए । उनी त्यहाँबाट पनि विद्रोह गरेर जिल्लामा अलग्गै गतिविधि गर्दै आएका छन् ।

    घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको उनले बताए । पक्राउ परेका महेश थारु कै समूहले २०८० माघ २८ गते भरतपुर-२६ ज्योतिनगरस्थित सुर्योदय वोमी लघुवित्त संस्थाका कार्यालयमा गएर लघुवित्तका कर्मचारीलाई धाकधम्की दिई आगजनी गरी भागेको प्रहरीको दाबी छ ।

    श्राेतः याेहाेखबर