× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मध्यराति ५ वटा सवारी साधन ठोक्कियो, २ को मृत्यु २१ घाइते

    २ महिना पहिले

    जेष्ठ १४, मुग्लिन
    नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा ५ वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ स्थित १७ किलोमा राति १२:३० बजेको समयमा ३ वटा बस र २ वटा ट्रक एक आपसमा ठोक्किएको हो ।

    मुग्लिनबाट नारायणगढ तर्फ जादै गरेको बा ४ ख ९०८६ नम्बरको यात्रुबहाक बससंग विपरित दिसाबाट आउदै गरेको ना ३ ख ७९१५ नम्बरको मालबहाक ट्रक ठक्कर खाएको र उक्त ट्रकको पछाडी ना ६ ख ८९६८ नम्बरको बस र सो बसलाई ना ७ ख ५९२६ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको हो ।

    त्यस्तै मुग्लिनबाट जादै गरेको यात्रुबहाक बसलाई सोही दिसा तर्फ जादै गरेको ना ७ ख ३२४८ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक निरला भण्डारीको टोली दुर्घटना स्थल पुगेका थिए ।

    दुर्घटनमा परेकाहरुको उद्धार गरी २३ जना घाइतेहरुलाई उपचारको लागि कुरिनटार स्थित आधारभुत अस्पताल र भरतपुर लगिएको इप्रका मुग्लिन संचार शाखाले जानकारी दिएको छ । उद्धार गरिएकाहरु मध्ये २ जनाको मृत्यु भएको र मृतक र घाइतेको सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनाको कारण मुग्लिन नारायणढ सडक पुर्ण रुपमा अवरुद्ध भएकोमा जेसिभिको प्रयोग गरी दुर्घटनामा परेका सवारी साधनलाई हटाइ अहिले राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ ।