× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पहिरोले ब्रेकर पुरियो, १ जनाको मृत्यु

    २ महिना पहिले

    जेष्ठ १३, चितवन
    मुग्लिन नारायणगढ सडक खण्डको ३ नं. पुलमा चट्टानी पहाड कटानको काम गरिरहदा माथीबाट पहिरो खसेर लाग्दा १ जनाको ज्यान गएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ अन्तरगत ३ नम्बर पुल निर्माणको काम भइरहेको अवस्थामा बा २ क ८६५१ नम्बरको ब्रेकरमा माथिबाट ढुङ्गा सहितको पहिरो खसेर लागेको हो ।

    पहिरोको कारण ब्रेकर पुर्ण रुपमा क्षति भएको छ भने मुग्लिनबाट नारायणगढ तर्फ जादै गरेको ना ६ ख १५११ नम्बरको ट्रकमा समेत क्षेति पु¥याएको छ । पहिरोले बर्दियाका अन्दाजी ३५ वर्षिय मंगल चौधरीलाई स्काभेटरमा च्यापिएको अवस्थमा प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी भरतपुर हस्पिटल पठाइएको थियो ।

    हस्पिटलमा चिकित्सकद्धारा निज घाइतेलाई मृत घोषण गरेको छ । पहिरोका कारण मुग्लिन नारायणगढ सडक केही बेर अबरुद्ध हुन पुगेको थियो भने अहिले मु-ना सडक दुवै तर्फ सुचारु रहेको छ ।