× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    वैशाख २४ गते बागमती प्रदेश भर सार्वजनिक बिदा हुने

    ३ महिना पहिले

    बैशाख- २१, बागमती प्रदेश सरकारले सरकारी कामकाजको भाषा नेपालीको अतिरिक्त नेपाल भाषा र तामाङ भाषा लागु हुने दिनको अवसरमा वैशाख २४ गते प्रदेश भर सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

    बागमती प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशित गरी बैशाख २४ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो।

    २०८० असोज २२ गते बागमती प्रदेशसभामा उक्त ऐन प्रस्तुत भएको थियो । संसदबाट सर्वसम्मत रुपमा पारित भएको उक्त ऐन कार्तिक २३ गते राजपत्रमा प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित भएको १८० औं दिनमा विधेयक परिपक्व भइ कानूनी व्यवस्था रहेकाले सोही व्यवस्था अनुरूप वैशाख २४ गते ऐन कार्यान्वयनमा जान लागेको हो ।

    भाषा दिवस मूल समारोह समितिका संयोजक एवं बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्यले ऐन कार्यान्वयनलाई विशेष स्मरणीय बनाउनका लागि विशेष समारोहको आयोजना गर्न लागिएको जानकारी दिए । उनले भाषा विधेयक संघीयताको मेरुदण्ड भएको बताए ।

    वैशाख २४ गते काठमाडौंको वसन्तपुरबाट प्रधानमन्त्रीको उपस्थितिमा विशेष समारोह आयोजना गरि उक्त ऐन लागू भएको घोषणा गरिने भएको छ।