× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    विद्युत सर्ट भई आगोलागी हुँदा, २ जनाको जलेर मृत्यु

    ३ महिना पहिले

    बैशाख २०, धादिङ्ग
    धादिङ्गमा गएराति घरमा विद्युत सर्ट भई आगोलागी हुँदा २ जनाको मृत्यु भएको छ । थाक्रे गाउपालिका वडा नं. ५ गैरिखर्कमा गएराति ११:३० बजे आगो लागि हुँदा २ जनाको ज्यान गएको र आगोले अन्नबाली, लत्ताकपडा, मकै पिस्ने मिल लगाए सामानहरु जलेर नष्ट हुँदा १२ लाख बराबरको धनजनको क्षति भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

    आगोलागिमा परी मृत्युहुनेमा थाक्रे गा.पा. ५ गैरिखर्क बस्ने अन्दाजी वर्ष ७० को तेज बहादुर लामा र नीजकी श्रीमती अन्दाजी वर्ष ७० को ठुली तामाङ रहेको प्रहरीले जनाएको छ ।

    गाउँमा आगोलागिको खबर पाउनसाथ अस्थायी प्रहरी पोष्ट हाप्से चौर र इलाका प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी टोली खटी स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिएकाे थियाे । मृतककाे शव पाेष्टमार्टमकाे लागि टिचिङ्ग अस्पताल काठमाण्डाैमा लगिएकाे प्रहरीले जनाएकाे छ ।