६ महिना पहिले
चैत्र-२८, सरकारले भोलि सार्वजनिक बिदाको घोषणा गरेको छ । इस्लाम धर्मावलम्वीहरुको पर्व इद उल फित्रको उपलक्ष्यमा भोलि मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार २०७९/१२/०२ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्र पर्वको उपलक्ष्यमा बिदा दिइएको हो ।