× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नारायणगढ–मुग्लिन सडक खण्ड: फागुन १२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने

    २ वर्ष पहिले

    माघ-१९, नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ।

    सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो।थप भएको समय अनुसार फागनु १२ गतेसम्म दिउँसो १२:०० बजे देखि ४:०० बजेको समयमा सडक बन्द हुनेछ ।

    बिहिबार जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढु्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए।

    उनले अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको बताए।

    सो सडकमा बनाइनुपर्ने १९ पुलमध्ये चारवटा चार वर्षअघि निर्माण गरिएका थिए भने बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो। विसं २०७६ चैत १० गतेदेखि पुल निर्माण थालिएको हो।