× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्यमा वृद्धि

    ६ महिना पहिले

    माघ-१८,नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको हो।

    निगमका अनुसार खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा २ रुपैयाँ बढाइएको छ। यस्तै, खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १५ रुपैयाँले बढेको निगमले जनाएको छ।

    नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ। अहिले पेट्रोल १६६ र डिजेल र मट्टितेल प्रतिलिटर १५६ रुपैयाँमा बिक्री भइरहेको छ। अबको राति १२ बजेपछि मूल्य बढ्नेछ।

    निगमले खाना पकाउने एलपी ग्यासको मूल्य १५ रुपैयाँले बढाएर एक हजार ९१० रुपैयाँ कायम गरेको छ।