× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    प्रथम इच्छाकामना म्याराथुन दौड प्रतियोगितामा नेपाली सेनाका सञ्जय श्रेष्ठ प्रथम

    २ वर्ष पहिले

    मंसिर-१५, चितवनको इच्छाकामना गाउँपालिकामा रहेको चर्चित धार्मिक पर्यटकीय स्थल इच्छाकामना मन्दिरमा लाग्ने ठुलो पञ्चमी मेलाको अवसरमा पहिलो पटक आयोजित प्रथम इच्छाकामना म्याराथुन दौड प्रतियोगितामा गोरखाको सहिद लखन गाउँपालिका घैरुङ निवासी नेपाली सेनाका सञ्जय श्रेष्ठ प्रथम भएका छन् ।

    श्रेष्ठले मुग्लिन देखि इच्छाकामना मन्दिरसम्मको निर्धारित १४ किलोमिटरको दुरी १ घण्टा १४ मिनेटमा पार गर्दै प्रथम भएका हुन् । प्रथम भएसँगै उनले नगद २० हजार पुरस्कार जितेका छन् ।

    यस्तै प्रतियोगितामा आँबुखैरेनी १ बरादीका सनम गुरुङ दोस्रो भएका छन् । उनले प्रतियोगितामा निर्धारीत दुरी १ घण्टा १७ मिनेट १५ सेकेण्डमा पार गरेका थिए । दोस्रो भएसँगै उनले १० हजार नगद पुरस्कार हात पारेको छ ।

    मन्दिर जाने सबै भन्दा छोटो मार्गको रुपमा रहेको मुग्लिन देखि इच्छाकामना सम्मको उकालो बाटोमा जम्मा एक सय ८ जानेले प्रतियोगिले भाग लिएका थिए ‌, जसमा ७ वर्षिय बालकदेखि ६५ वर्षिय महिलाले समेत रहेका थिए।