× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिनको विधालयमा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

    २ वर्ष पहिले

    मंसिर-१५,इलाका ट्राफिक प्रहरी कार्यालय मुग्लिन द्वारा मर्स्याङ्दी शिक्षा सदन इङ्लिस स्कुलमा आयोजित ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

    उक्त कार्यक्रममा ट्राफिक नियम बारे जानकारी गराउनुका साथै अहिले दिनप्रतिदिन बढदै गएको दुर्घटनाको कारण र यसलाई रोकथाम गर्ने उपाय बारे जानकारी गराइएको थियो ।

    कार्यक्रम बारे जानकारी गराउदै ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी नायव निरीक्षक चुडामणि पोख्रेलले ट्राफिक नियम सबैले जानोस् र मानोस भने उदेश्य बोकेर विधालय एवं क्याम्पसमा कार्यक्रम गर्दै हिँडेको बताए ।

    आज भएको उक्त कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख ट्राफिक प्रहरी नायव निरीक्षक पोख्रेलले तालिम दिदै भने “सवारी साधनको बढ्दो सङ्ख्यासँगै सवारी दुघर्टनाका घटना पनि बढ्दै गएको छ”।

    उनले भने, “सवारी साधनको दुर्घटनाको कारण दैनिक धेरै मानिसले ज्यान गुमाउनुका साथै कैयौँको शारीरिक रुपमा अपाङ्ग समेत हुने गरेको छन । सबैले सवारी नियमको पालना गरे त्यस्ता दुर्घटना धेरै घटाउन सकिन्छ । एक जना व्यक्तिले मात्र सवारी नियम उल्लङ्घन गरे उसले मात्र दुःख भोग्नुपर्ने होइन, अरू मानिससमेत दुर्घटनाको शिकार बन्ने गर्छ”।

    कार्यक्रमको अन्त्यमा विधालयका विधार्थीहरुले प्रकट गरेको जिज्ञासालाई मुग्लिन ट्राफिक प्रहरी प्रमुख पोखरेलले प्रष्ट पारेको थिए। कार्यक्रमका विधालयका प्रधानाध्यापक, सहप्राध्यापक, विधार्थी, शिक्षक लगायतका उपस्थित रहेका थिए।