× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भिमादमा देउसीभैलो खेल्नेलाई बढीमा रु १ सय ५० सम्ममात्र दान

    ३ वर्ष पहिले

    कार्तिक-२५, तनहुँको भिमाद नगरपालिकामा देउसीभैलो खेल्नेलाई बढीमा रु १ सय ५० सम्म दान दिने निर्णय गरिएको छ ।नगर उद्योग वाणिज्य संघले तिहारका अवसरमा खेलिने देउसीभैलोलाई बढीमा रु १ सय ५० सम्म दान दिने निर्णय गरेको हो।

    सम्पूर्ण व्यापारीहरूको पेशागत हक हितलाई मध्यनजर गरी संस्थाको रुपमा देउसीभैलो खेल्ने आउनेलाई रु ५१ देखि बढीमा रु १ सय ५० सम्म दान दिने निर्णय भएको संघका महासचिव उमाकान्त श्रेष्ठले जानकारी दिए।

    व्यक्तिगत रुपमा देउसीभैलो खेल्न आउनेलाई रु ५० दानदक्षिणा सहयोग गर्ने निर्णय भएको छ। उनले भने, “देउसी भैलो लाई सभ्य र विकृति रहित बनाउन यो निर्णय गरिएको यसले समग्र व्यापारीको हित हुनेछ।”

    संघले बजारमा पटका एवं विस्फोटजन्य पदार्थको प्रयोग एवं विक्री वितरण नगर्न समेत सचेत गराएको छ।