× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामना गाउँपालिकामा प्लास्टिकजन्य फूलगुच्छा, माला प्रतिबन्ध

    २ वर्ष पहिले

    कार्तिक-२३, चितवनको इच्छाकामना गाउँपालिकाले प्लास्टिक मालालाई प्रतिबन्ध लगाउँदै प्राकृतिक फूल माला प्रयोग गर्न आग्रह गरेका छन् ।

    पालिका ले आज(विहिबार )जारी गरेको सुचनामा तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकका फूलगुच्छा, माला तथा पटकाजन्य विष्फोटक पदार्थ उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा रोक लगाएको हो।

    प्लास्टिकका मालाले वातावरण प्रदूषण हुनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने भएकोले यस पालिका भित्र सयपत्री, मखमली लगायतका फूल उत्पादन भएको परिप्रेक्ष्यमा प्राकृतिक फूल प्रयोग गर्नपनि अनुरोध गरेको छ।

    अनुगमनका क्रममा यस पालिका क्षेत्र भित्र प्लाष्टिकजन्य फुल माला तथा अन्य प्लाष्टिकजन्य सामाग्रीहरुको उत्पादन, आयात, विक्रि वितरण तथा भण्डारण गरेको पाईएमा नियमानुसार कानून बमोजिम कारवाही गरिने पनि गाँउपालिकाको सुचनामा उल्लेख गरिएको