× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    तनहुँको आँबुखैरेनी गाउँपालिकाको नाम परिवर्तन गरी छिम्केश्वरी बनाउनुपर्ने प्रस्ताव

    २ वर्ष पहिले

    कार्तिक-१५, तनहुँको आँबुखैरेनी गाउँपालिका-५ का अध्यक्ष सन्तोष गुरुङले पालिकाको नाम परिवर्तन गरी छिम्केश्वरी बनाउनुपर्ने प्रस्ताव कार्यपालिका बैठकमा लैजाने भएका छन्। उनले छिम्केश्वरी यहाँको गौरव भएकाले पारिएकाको नामकरण यसैबाट गर्नुपर्ने उल्लेख गरेका छन्।

    पालिकालाई बिश्वभर चिनाउने उद्देश्यसहित कार्यपालिका बैठक देखि सम्बन्धित निकायसम्म आँबुखैरनी नाम परिवर्तन गरी छिम्केश्वरी गाउँपलिका नामाकरणको प्रस्ताव लैजाने उनले बताए।

    उनले भने, ‘ गाउँपालिकाको सान भनेको पर्यटन हो जसमा पालिका अन्तर्गत थुप्रै पर्यटक मोहित पार्ने स्थलहरु छन् ।यो सबैलाई अवगत नै छ ।यसले हामी सबै आँबुखैरनीको पहिचान, चिनारी झल्किन्छ।’

    मनकामना माताको दिदी भनेर चिनिने छिम्केश्वरी महाभारत श्रृंखलाको २१३४ मिटर उचाइमा अवस्थित छ ।जुन तनहूँको सबैभन्दा उच्च स्थान हो।