× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रदेशको नामाकरण बिरुद्द विराटनगरमा प्रदर्शन, प्रहरीद्वारा हवाइ फायर

    १ वर्ष पहिले

    चैत्र-१४, कोशी प्रदेश नाम संशोधनको माग गर्दै पहिचानवादीहरुले विराटनगरमा प्रदर्शन गरेका छन्। ऐतिहासिक पृष्ठभुमिको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरुले विराटनगरमा प्रदर्शन गरेका हुन्।

    प्रदर्शनमा उनीहरुले प्रहरीमाथि ढुङ्गामुढा समेत गरेका छन्। विराटनगरस्थित पाञ्चालीमा अहिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै प्रदर्शन भइरहेको छ। प्रहरीविरुद्ध ढुङ्गामुढा हुन थालेपछि १२ राउण्ड हवाईफायर भएको छ। प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ।

    उनीहरुले कोशी प्रदेश मान्दैनौं, हत्या हिंसा बन्द गर, लाजेहाङ अमर रहुन्, मुख्यमन्त्री हिक्मत कार्की मुर्दावाद, इन्द्रबहादुर आङबो औंला काट र पहिचानवादी एक हौं लगायतका नारा घन्काइरहेका छन्।

    प्रदर्शनस्थलमा अहिले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।