× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलः लाओसलाई हराउँदै नेपालको विजयी सुरुवात

    ३ वर्ष पहिले

    चैत्र -८, नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलमा विजयी सुरुवात गरेको छ। बुधबार साँझ दशरथ रङ्गशालामा भएको आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा अर्को एक गोल थपेको थियो।

    नेपाललाई अग्रता दिलाउने क्रममा अनन्त तामाङले पहिलो गोल गरेका थिए। उनले खेलको ३० औँ मिनेटमा एरिक विष्टको कर्नरमा आकर्षक हेड गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। अनन्तको यो करिअरको तेस्रो अन्तराष्ट्रिय गोल हो।

    नेपालले दोस्रो हाफमा अग्रता दोब्बर बनायो। नवयुग श्रेष्ठले अग्रता दोब्बर बनाउनले क्रममा ५६ औँ मिनेटमा करिब ३५ यार्डबाट गरेको प्रहार लाओसका गोरक्षक सौभान्शोकले राम्रो जज गर्न नसक्दा गोलमा परिणत भएको थियो। नवयुगको यो करिअरको आठौँ अन्तर्राष्ट्रिय गोल हो। पहिलो तथा दोस्रो हाफमा दुबै टिमले गोलका अन्य केही राम्रा अवसर चुकाउँदा लाओस र नेपालले थप गोलका अवसर गुमाएका थिए।

    नेपाल फिफा वरीयताको एक सय ७५औं स्थानमा छ। लाओस नेपालभन्दा १२ स्थान तल एक सय ८७औं स्थानमा छ। नेपालले प्रतियोगिताको अर्को खेलमा शनिबार भुटानविरुद्ध खेल्ने छ।