× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अफगानिस्तानमा गयो ६.५ म्याग्निच्युडको भूकम्पः ११ जनाको मृत्यु, पाकिस्तान र भारतमा पनि कम्पन

    १ वर्ष पहिले

    चैत्र -८, अफगानिस्तानमा गएराति आएको भूकम्पमामा परी हालसम्म कम्तिमा ११ जनाको मृत्यु भएको छ भने सयौंबढी घाइते भएका छन् ।

    राति १० बजेर १७ मिनेट हुँदा आएको भूकम्प ६.५ म्याग्निच्युडको भएको अमेरिकी भौगर्भिक सर्वेक्षण युएसजिएस) ले जनाएको छ । भुइँचालोको केन्द्रविन्दु अफगानिस्तानको राजधानी काबुलबाट ३०० किलोमिटर दुरीमा रहेको जुर्म भन्ने ठाउँमा थियो ।

    भूकम्पको कम्पनका कारण आएका पहिरोले उत्तरी पाकिस्तानी सहर एबोटाबादमा सडकहरू अवरूद्ध भएको स्थानीयले बताएका छन् । भूकम्पको कम्पन पाकिस्तानदेखि भारतको राजधानी दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    गत वर्ष पनि अफगानिस्तानको उत्तरी क्षेत्रमा ६.१ म्याग्निच्युडको भुइँचालो जाँदा हजार जनाभन्दा बढीको मृत्यु भएको थियो ।