× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ४१ औं ओभरमा गुल्शन झाको त्यो २० रन जसले गर्दा नेपालले खेल जित्यो

    १ वर्ष पहिले

    चैत्र-२,नेपाली क्रिकेट टोलीले आज ऐतिहासिक सफलता हासिल गर्‍यो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विश्वकप लिग २ अन्तर्गतको अन्तिम एकदिवसिय खेलमा युएईलाई पराजित गर्दै नेपालले जिम्बावेमा हुने विश्वकप छनोटमा आफ्नो नाम पक्का पार्‍यो।

    ३११ रनको विशाल लक्ष्य दिएको युएईलाई डिएलएस मेथडबाट ९ रनले पराजित गर्न ४ नेपाली ब्याट्सम्यानले अर्धशतक बनाउँदा अन्तिम सम्म डटेर ४१ औं ओभरमा गुल्शन झाले बनाएको २० रनले नेपालले खेल जित्न सफल भएको छ।

    क्रिजमा टिकिरहेको नेपालका गुल्शन झालाई आउट गर्ने लक्ष्यसहित ४१ औं ओभरमा युएईका खतरनाक ब्याट्सम्यानका रुपमा चिनिने कप्तान मुहम्मद वसिम आफैं बलिङमा आएका थिए । त्योबेला सम्म नेपालले ६ विकेटको क्षतिमा २३५ रन बनाएर खेलिरहेको थियो । गुल्शन क्रिजमा टिके पनि खुलेर खेल्न सकिरहेका थिएनन् ।

    उनी ३६ बलमा १५ रनको अवस्थामा थिए । यदि ४० औं ओभरपछि खेल रोकिएको भए डीएलएस मेथडका आधारमा यूएईले खेल १३ रनले जित्ने थियो । तर, वसिमको बलिङले खेल नेपालको पक्षमा मोडियो ।

    ४१ ओभरको पहिलो बलमा गुलशनले रन बनाउन सकेनन् । दोस्रो बलमा २ रन बटुले । तेस्रो बलमा गुल्शनले छक्का लगाए । त्यसपछिका तीन बलमा लगातार चौका हिर्काए । अन्तिम बलमा यूएईका रोहन मुस्तफा फिल्डिङमा अल्मलिदा बलले बाउन्ड्री लाउन काटेको थियो । यो ओभरमा नेपालले २० रन बनायो र डीएल मेथडमा यूएईभन्दा अगाडि बढ्यो ।

    यो ओभरपछि नेपाललाई जितका लागि ४८ बलमा ५६ रन आवश्यक थियो । गुल्शनलाई साथ दिन दिपेन्द्रसिंह ऐरी आएका थिए, जो नेपालका प्रमुख ब्याट्सम्यानमध्ये एक हुन् । त्यसैले यदि खेल पूरा ओभर गएको भए पनि नेपालले जित्ने नै अवस्था थियो ।

    तर, ४४ ओभरपछि अम्पायरले खराब प्रकाशका कारण खेल रोक्ने निर्णय लिए । त्यसबेला नेपाल डीएलका आधारमा ९ रनले अगाडि थियो । नेपालले खेल जित्यो । यूएईले प्रोटेस्ट गर्न खोजे पनि त्यसको अर्थ थिएन ।

    म्याचका दौरान डीएल मेथडका आधारमा आफूहरु अगाडि हुँदासम्म यूएईका बलर र फिल्डरले आलटाल गरेर समय कटाउन खोजेका थिए । यसले उनीहरुलाई नै अन्तिमा प्रत्युत्पादक सावित भयो ।