× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रदेश नामकरणको विरुद्ध आज कोशी प्रदेश बन्द

    १ वर्ष पहिले

    फागुन -२८, प्रदेश नामकरणको विरोधमा आइतबार कोशी प्रदेश बन्दको आह्वान गरिएको छ ।

    बन्दका कारण कोशी प्रदेशका विभिन्न स्थानको जनजीवन प्रभावित भएको छ । बिहानैदेखि विभिन्न ठाउाँमा सार्वजनिक सवारीसाधन चलेका छैनन् । कोशी प्रदेशका पथरी, इटहरी, तरहरा, धरान आदि स्थानमा बन्दकर्ताहरु सडकमा आएका छन् । उनीहरूले सडकमा अवरोध गरिरहेका छन् ।

    प्रदेश नम्बर १ को नाम पुनः नामाङ्कन संघर्ष समितिले आजको बन्द आयोजना गरेको हो । संघर्ष समितिमा विभिन्न पहिचानवादी जातीय संस्थाहरूको सहभागिता रहेको छ ।

    प्रदेश बन्दको पूर्व सन्ध्यामा शनिवार कोशी प्रदेशका विभिन्न सहरहरूमा राँके जुलुस समेत प्रदर्शन गरिएको थियो । प्रदेश सभाले यो प्रदेशको नाम कोशी प्रदेश राखेपछि विभिन्न समुहले विरोध गर्दै आएका छन् । कोशी प्रदेश सभाका ९३ जना प्रदेश सभा सदस्यमध्ये ८२ जनाले कोशी प्रदेशको पक्षमा मतदान गरेका थिए ।