× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सी चिनपिङ लगातार तेस्रोपटक चिनियाँ राष्ट्रपतिमा निर्वाचित

    १ वर्ष पहिले

    फागुन -२६, सि चिनपिङ लगातार तेस्रोपटक चिनियाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

    शुक्रवार उनले अभूतपूर्व रूपमा आफ्नो तेस्रो कार्यकालको आरम्भ गरे । चीनको इतिहासमा पहिलोपटक कुनै एक व्यक्ति तेस्रोपटक राष्ट्रपति बनेको हो ।

    सन् २०१३ मा सी पहिलोपटक राष्ट्रपति बनेका थिए । अनि सन् २०१८ मा उनलाई दोस्रोपटक राष्ट्रपति निर्वाचित गरिएको थियो ।

    अहिले चलिरहेको संसद् सत्रमा नेसनल पिपुल्स कंग्रेसका प्रतिनिधिहरूले औपचारिक रूपमा सीलाई राष्ट्रपतिका साथै सेन्ट्रल मिलिटरी कमिसनका अध्यक्षमा निर्वाचित गरेका हुन् ।