× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    विश्वकप ‘लिग टु’अन्तर्गत पीएनजी विरुद्धको खेलमा नेपाल ५२ रनले विजयी

    १ वर्ष पहिले

    फागुन-२५, आईसीसी क्रिकेट विश्वकप ‘लिग टु’अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा नेपाल ५२ रनले विजयी भएको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा २ सय ९८ रनको लक्ष्य पछ्याएको पीएनजी मात्र २४५ रन बनाएर ४७.१ ओभरमा अलआउट भयो।

    आज पीएनजीका नर्मन भनुवाले ५९ रन बनाए भने ​​टोनी उराले अर्धशतक पूरा गरे। अन्यले खासै गतिलो स्कोरमा रन बनाउन सकेनन्। कप्तान असद भालाले ४२ रन बनाए। कुशल मल्लको बलमा आरिफ शेखबाट क्याच आउट भएका उनले २ चौका र २ छक्का प्रहार गरे। उनले यस क्रममा ५३ बल खेले।

    त्यस्तै रनआउट हुनुअघि किप्लिन डोरिगाले ३४ बलमा २६ रन बनाए। पीएनजीका चाड सोपर पहिलो गोल्डेन डकआउट भए।

    नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए भने दीपेन्द्रिसिंह ऐरीले २ विकेट लिए।

    यसअघि टस हारेर त्रिवि क्रिकेट मैदानमा नेपालले ५ बल बाँकी छँदा २९७ रन बनाएको थियो।

    नेपालले ओडीआई क्रिकेटमा हालसम्मकै उच्च स्कोर खडा गर्ने क्रममा आशिफ शेखले शतकीय पारी खेल्दै ११० रनको योगदान दिए।

    त्यस्तै कप्तान रोहित पौडेलले ३० रन बनाए भने भीम सार्कीले ४४ रन जोडे। अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।