× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आसिफ र सन्दीप लामिछानेको संयमित ब्याटिङमा पीएनजी माथि नेपालको सनसनीपूर्ण जित

    १ वर्ष पहिले

    फागुन -१९, आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा आसिफ शेख र सन्दीप लामिछानेको संयमित ब्याटिङमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३ विकेटले हराएकाे छ ।

    यूएईले दिएकाे १ सय ८० रनकाे लक्ष्य नेपालले ४८ ओभरमा ७ विके गुमाएर भेटायाे । नेपालका लागि आसिफ शेखले ८६ र सन्दीप लामिछानेले ३५ रन बनाए । नेपालले १ सय ५ रनमा ७ विकेट गुमाएकाे अवस्थामा आसिफ र सन्दीपले आठाैँ विकेटका लागि अविजित ७७ रनकाे साझेदारी गर्दै टाेलीलाई जिताएका हुन् । यसअघि ओपनर कुशल भुर्तेल पहिलाे बलमै खाता नै नखाेलिकन आउट भए । यस्तै ज्ञानेन्द्र मल्ल ६ रन बनाएर आउट हुँदा भीम सार्की ८ रनमा पेभेलियन फर्किए । यस्तै राेहित पाैडेल र आरिफ शेख १/१ रनमा आउट भए ।

    बलिङतर्फ पीएनजीका आसाद भालाले ३ तथा सेमाे कमेया र सेसे बाउले २/२ विकेट लिए ।यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे पीएनजी ४९ ओभर २ बलमा १ सय ७९ रनमा अलआउट भयाे । पीएनजीका लागि टाेनी उराले सर्वाधिक ३९ रन बनाए । बलिङतर्फ नेपालका साेमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए । यस्तै सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले १/१ विकेट लिए ।

    यस शृङ्खलाकाे पहिलो खेलमा नेपालले पीएनजीलाई हराएको थियो । हिजो बिहीवारको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, यूएई र पीएनजी रहेका छन् । नेपालले अर्को खेल सोमवार यूएईसँग खेल्नेछ ।