× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    लैङ्गिक हिंसा नियन्त्रणका लागि मुग्लिनमा सञ्जाल गठन

    १ वर्ष पहिले

    फाल्गुण १३, मुग्लिन
    लैङ्गिक हिंसा नियन्त्रण र सचेतनाका लागि मुग्लिनमा पालिका स्तरिय सञ्जाल गठन भएको छ । लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन विधि–२०७८ बमोजिम इलाका प्रहरी प्रमुखको संयोजकत्वमा पालिकास्तरीय महिला हिंसा नियन्त्रण सञ्जाल गठन भएको हो । सञ्जालले इच्छाकामना गाउँपालिकामा लैङ्गिक हिंसाबाट पीडित महिलालाई न्याय प्राप्तिको निमित्त सुरक्षाको अनुभूति, सल्लाह, सूचना र मनोवैज्ञानिक हौसला प्रदान गरी आत्मविश्वास जगाउन, महिला तथा बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्नेछ ।


    शनिबार इलाका प्रहरी कार्यालय मुग्लिनको प्राङ्गढमा गठन भएको सञ्जालको संयोजकमा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख सुन्जित तामाङ तथा सदस्य सचिवमा प्रहरी नायव निरिक्षक उद्धव सिंह सार्की रहेका छन् । त्यस्तै सदस्यहरुमा इच्छाकामना गा.पा. उपाध्यक्ष माया सिलवाल, हरी बहादुर देवकोटा, पार्वती अधिकारी, टेकमाया गुरुङ, मिन बहादुर श्रेष्ठ, सुशिला श्रेष्ठ, रश्मी गुरुङ, खुम प्रसाद पन्त, मणिरत्न शाक्य, हरीबहादुर नेपाल, विनोद श्रेष्ठ लगायत रहेका छन् ।


    सञ्जालमा लैङ्गिक हिंसाको क्षेत्रमा कार्यरत सङ्घसंस्था, नागरिक समाज, सञ्चार क्षेत्र, शिक्षा क्षेत्र र मानवअधिकार क्षेत्रका प्रतिनिधि सदस्य रहेका छन् । उद्योगी, व्यवसायी, बालकल्याण समिति, महिला अधिकारको क्षेत्रमा क्रियाशील सङ्घसंस्था, युवा क्लब र सामुदायिक प्रहरी सेवा केन्द्र सदस्य रहेका छन् ।


    सञ्जालको मासिक कम्तीमा एक पटक बैठक बसी लैङ्गिक हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्यविधिबमोजिम काम गर्ने सञ्जालका संयोजक प्रहरी निरिक्षक सुन्जित तामाङले बताएका छन् ।