× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    टर्की सिरिया भुकम्प अपडेट: मृत्यु हुनेको संख्या २४ हजार नाध्यो

    १ वर्ष पहिले

    माघ-२८, भूकम्पका कारण टर्की र सिरियामा ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ ।

    टर्कीमा २० हजार ६ सय ६५ जना र सिरियामा ३ हजार ५ सय जनाको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ ।

    टर्कीमा सोमवार बिहान सात दशमलव ८ रेक्टर र दिउँसो सात दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    संयुक्त राष्ट्र संघले टर्की र सिरियामा ९ लाख मानिसलाई तत्काल पकाएको खानाको अभाव रहेको जनाएको छ ।

    राष्ट्र संघले सिरियामा मात्रै ५३ लाख मानिस घरबार विहीन हुने बताएको छ ।उद्धारकर्ताहरूले ९३ हजार जनाभन्दा धेरैलाई भूकम्पको कारण भत्किएका भवनको भग्नावशेषबाट जीवितै उद्धार गरेका छन् ।

    उद्धार कार्यमा एक लाख ६६ हजार जनाभन्दा बढी मानिस खटिएका बीबीसीले जनाएको छ ।