× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, सर्व शान्ति मा.वि. प्रथम

    १ वर्ष पहिले

    माघ २६, कुरिनटार ।

    चितवनको एकमात्र गाउपालिका इच्छाकामनामा गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पालिका अन्तरगत रहेका नौवटा विद्यालयका विद्यार्थीहरु सहभागी रहेको प्रतियोगितामा तेक्वान्दो, भलिबल, कबड्डी र दौड गरी ११ विधाका खेलहरु खेलाइएको थियो ।

    सहभागीहरु मध्ये सर्व शान्ति मा.वि.ले ३ स्वर्ण, ४ रजत र ३ कास्य गरी १० पदक जितेर प्रथम भएका छन् भने २ स्वर्ण, २ रजत र २ कास्य गरी ग्रिन फिल्ड इङ्लिस स्कुल मुग्लिन र प्रगति पाठशाला कुरिनटार समान ६ पदकका साथ दोस्रो भएका छन् । यस्तै तेस्रो स्थानमा रहेको माझगाउँ माविले २ स्वर्ण जितेका छन् ।

    प्रतियोगीतामा १ स्वर्ण, १ रजत, २ कास्य सहित ४ पदकका साथ त्रिवेणी बराह मावि मुग्लिन चौथो, १ स्वर्ण, १ रजत, १ कास्य सहित ५ पदकका साथ मस्र्याङ्गदी शिक्षा सदन मुग्लिन पाचौं, १ रजत, २ कास्य सहित २ पदकका साथ राष्ट्रिय मा.वि. हात्तिवाङ छैंटौ स्थानमा रहेका थिए । स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङ्गले बताए ।

    जिल्ला समन्वय समितिका प्रमुख नारायण अधिकारीको प्रमुख आतिथ्य तथा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा प्रतियोगिताको समापन समारोह गरिएको थियो । समापन कार्यक्रममा प्रथम, द्धितीय, तृतीय हुने विजेताहरुलाई शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।