× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आँबुखैरेनीमा ७० जना सवारी चालक तथा सहचालकको निशुल्क स्वास्थ्य परिक्षण

    १ वर्ष पहिले

    माघ २०, तनहुँ
    ट्राफिक प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय आँबुखैरेनीको संयुक्त आयोजना तथा आँबखुैरेनी अस्पतालको सहयोगमा ७० जना सवारी चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरेको छ । शुक्रबार आँबुखैरेनी गाँउपालिकास्थित अस्थायी ट्राफिक पोष्टको प्राङ्गढमा चालक तथा सहचालकको रक्तचाप, मधुमेह लगाएतका स्वास्थ्य परिक्षण गरी उनिहरुलाई विभिन्न प्रकारका परामर्श दिईएको हो ।


    दिनहू जसो हुने सवारी दुर्घटनाको प्रमुख कारण मध्ये चालकको स्वास्थ्य अवस्था ठिक नहुनुपनि प्रमुख भएकोले चालक तथा सहचालकहरुको स्वास्थ्य परिक्षणको लागि शिविरको आयोजना गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरक्षिक गायत्रिराज शर्माले बताउनुभयो । शिविरमा ७० जना सवारी चालक तथा सहचालकले स्वास्थ्य परिक्षण भएको र स्वास्थ्य परिक्षणको क्रममा धेरै जसोमा उच्च रक्तचापको समस्या देखिएको आँबुखैरेनी अस्पतालका चिकित्सक डा.अभिनास कुमार रौनियारले बताए । उच्च रक्तचाप भएका सवारी चालकहरुले नियमित स्वास्थ्य परिक्षण गर्नुपर्ने, धुम्रपान तथा मद्यपान गर्न नहुने, लामो दुरीको यात्रा गर्दा ठाउठाउमा आराम गरेरमात्र सवारी चलाउनुपर्ने लगाएतका परामर्श दिएका थिए ।


    त्यस्तै कार्य व्यस्तता र समय अभावका कारण नियमित स्वास्थ्य परिक्षण गराउन नपाएका चालकहरुले निशुल्क रुपमा स्वास्थ्य परिक्षण तथा डाक्टरको परामर्श पाएकोमा चालक तथा सहचालकहरुले खुसी व्यक्त गरेका छन् ।


    लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई समय अभावका कारण नियमित स्वास्थ्य परिक्षणमा समस्या देखिएकाले ट्राफिक प्रहरी आफैले बृहत स्वास्थ्य शिविरको आयोजना गरेको अस्थायी ट्राफिक पोष्ट आँबुखैरेनीका प्रमुख प्रहरी सहायक निरिक्षक विष्णु मग्रातिले जानकरी दिनुभयो । दुर्घटना न्युनिकरणको लागि चालक तथा सहचालकको स्वास्थ्य परिक्षण, यान्त्रीक परिक्षण लगायतका कार्यक्रमरु सञ्चालन गरिने ट्रा.प्र.स.नि.मग्रातिले बताए ।