× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    वीरगन्जमा महात्मा गान्धी मार्ग र पार्क नामकरण हुने भएपछि स्थानीय उत्रे विरोधमा

    १ वर्ष पहिले

    माघ-१८, वीरगंज महानगरपालिकाकाकाे वडा नं. १४ पिपरास्थित जेष्ठ नागरिक पार्कलाई महात्मागान्धी पार्क र पिप्रा लिङ्क रोडलाई महात्मा गान्धी पथ राख्नेगरी महानगरले तयारी गरेकाे सूचना बाहिरिएपछि स्थानियबासीले विरोध जनाएका छन्।

    वीरगंज महानगरपालिकाले पिपराको ऐतिहासिक र धार्मिक महत्वलाई समाप्त पार्ने उद्देश्यले महात्मा गान्धीको नाउँबाट नामाकरण गर्न खोजिएको भन्दै स्थानीयहरुले विरोध जनाएका हुन । महानगरपालिकाले माघ १९ गते बिहिवार पिपरा लिङ्क रोडको नाउँ महात्मागान्धी (एमजी) रोड नामाकरणगरी उदघाट्न गर्ने भएको तयारी गरेकाे स्थानियहरुकाे भनाई छ ।

    यसै सन्दर्भ स्थानिय युवाहरुकाे एक समुहले मंगलबार वडाध्यक्ष मेहबुब एलाहीलाई ज्ञापन पत्र समेत बुझाएका थिए। युवा समाज पिपराका अध्यक्ष अनिल पटेल, नेकपा माओवादी केन्द्र वीरगंज १४ का अध्यक्ष महेश पटेल, नेकपा एकीकृत समाजवादी वीरगंज १४ का अध्यक्ष मदन प्रसाद कुर्मी, कौशल पटेल, कृपा पटेल लगायतले ज्ञापन पत्र मार्फत पिपराका ऐतिहासिक र यसको धार्मिक पक्षलाई ख्याल नगरि गैर नेपालीको नाउँमा नामाकरण गर्न खोज्नुले स्थानीय संस्कृतिमाथिको प्रहार भएको बताएका थिए ।

    पिपरा लिङ्क रोड टोल विकास समितिले समेत विज्ञप्ती जारी गरेको विराेध गरेकाे थियो भने सामाजिक सञ्जालमा समेत व्यापक रुपमा विराेध हुँदै आएको छ । बुधबार साेही ठाउँमा स्थानिय युवाहरु विराेध प्रदर्शन गरेका छन् ।

    जनस्तरको विरोध र परराष्ट्र मन्त्रालयको हस्तक्षेपका कारण भारतीय राजदुत नआउने भएपछि वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिप्रा स्थित सडकको नामाकरण अनावरण समारोह स्थगीत भएको छ ।

    एडीबीको अनुदानमा निर्माण भएको पिप्राको लिंक रोडलाई महात्मा गान्धी मार्ग नामाकरण गर्ने योजना बाहिरिएसंग स्थानीयले विरोध गर्दै आएका थिए । परराष्ट्रले समेत यसमा चासो लिएको थियो । स्रोतका अनुसार परराष्ट्रले भारतीय महावाणिज्य दुतावासलाई समेत पत्राचार गरि यसबारे जानकारी मागेको थियो ।

    संघको परामर्श र अनुमति बिना वीरगन्ज महानगरपालिकाले नामाकरण गर्न थालेको थाहापाए पछि भारतीय राजदुत नवीन श्रीवास्तव अन्तिम समयमा नामाकरण कार्यक्रममा नआउने जानकारी गराइएको थियो । श्रीवास्तव नआउने तय भएपछि बुधबार महानगरले एक सूचना जारी गर्दै सडक नामाकरण अनावरण समारोह हालका लागि स्थगीत गरिएको जनाएको छ ।