× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

    १ वर्ष पहिले

    माघ-१८, नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गर्ने भएको छ । क्यानको पोखरामा जारी केन्द्रीय समितिको बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गर्ने समझदारी भएको एक पदाधिकारीले जानकारी दिए ।

    उनका अनुसार बैठकको एजेण्डामध्ये सन्दीपको विषयमा छलफल हुँदा उक्त समझदारी भएको हो। सन्दीप केही पहिले उच्च अदालतबाट बलात्कार मुद्दामा धरौटीमा रिहा भएका थिए । पक्राउ पर्नुअघि उनी क्रिकेट टोलीको कप्तानको भूमिकामा थिए ।