२ वर्ष पहिले
पौष १७, मुग्लिन
चितवनको कुरिनटारमा भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सदाचार, निष्पक्ष र निर्भिकता भन्ने मुल नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको आयोजनामा कुरिनटार स्थित सर्वशान्ति माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका कार्यालय प्रमुख नरहरी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा अख्तियार आयोगको काम, कर्तब्य र अधिकारसँगै जिल्लाबाट अख्तियारमा परेका उजुरीको संख्या, कुन पालिकाबाट कति, कुन–कुन शिर्षकका उजुुरी लगायतका तथ्यांकहरु प्रस्तुत गरिनुका साथै अख्तियारमा उजुरी गर्ने विषय, विधि प्रकृयाको समेत जानकारी गराएको थियो ।
प्रमुख आतिथि एवम् इच्छाकामना गाउँपालिकाको अध्यक्ष दान बहादुर गुरुङ्गले अख्तियार प्राप्त ब्यक्तिले निस्वार्थ भएर काम गर्नु पर्ने र कोही कसैले आफ्नो पालिका भित्र जानेर वा नजानेर कसैले भ्रष्टचार सम्बन्धि गतिविधि गरेको पाइएमा जानकारी गराउनको लागि अनुरोध गरेका थिए साथै उहाँले नागरिक सचेत भइ भ्रष्टचार मुक्त समाज बनाउनु सबैले सहयाेग गर्नुपर्ने बताउनुभयो ।
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन गर्ने कार्यक्रममा विभिन्न सहभागहिरुले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुझाव समेत दिएका थिए ।
कार्यक्रममा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङ्ग, उपाध्यक्ष माया सिलवाल, प्रशासकीय अधिकृत जगत प्रसाद भुसाल, इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख सुन्जित तामाङ, सर्वशान्ति माध्यमिक विद्यालयका प्रमुख जोन खरेल लगायत इच्छाकामना गाउँपालिकाका ७ वटै वडाका वडाध्यक्ष, पालिका अन्तरगतका विभिन्न कार्यालयको कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।