× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    चितवन जिल्लाकै सबैभन्दा ठुलो पुरस्कार राशीको भएको बुद्धिचाल प्रतियोगितको उपाधि कुरिनटारका पुर्षोत्तम सिलवाललाई

    २ वर्ष पहिले

    पुस-१७, चितवनको इच्छाकामनामा जिल्ला कै सबैभन्दा ठुलो पुरस्कार राशीको भएको जिल्ला स्तरीय दोश्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगितको उपाधि इच्छाकामना ४ कुरिनटारका पुर्षोत्तम सिलवालले जितेका छन् ।

    इच्छाकामना युथ स्पोर्टस् क्लब मुग्लिनको आयोजनामा सम्पन्न प्रतियोगितामा भरतपुर महानगरपालिका २७ का जुनानाथ सापकोटा दोश्रो, कालिका नगरपालिका ६ का अनिश दुलाल तेश्रो भएका छन् ।

    उनिहरुले क्रमश : पहिलो हुनेले नगद रु १३ हजार, दोश्रो हुनले ९ हजार र तश्रो हुनेले ५ हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् । यसैबिच इच्छाकामना ५ मुग्लिनका गणेश श्रेष्ठ, मुग्लिनकै बिक्रम श्रेष्ठ र भरतपुर ४ का लक्ष्मीनाथ कडेँल क्रमश चौथो, पाचौँ र छैटौँ भएका छन् । उनिहरुले जनही रु २ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

    यूवा खेलाडी तर्फ सबै भन्दा कान्छा खेलाडी ७ बर्षिय अर्थव त्रिपाठी उत्कृष्ट भए । इच्छाकामना भित्रका प्रतियोगी मध्ये मुग्लिनका राजु त्रिपाठी उत्कृष्ट, विद्यार्थी छात्र तर्फ स्काई राइडर स्कुल रत्ननगरका आरव शर्मा र, छात्रा तर्फ अंकुरम एकेडेमी भरतपुर ७ कृष्णपुरमा कक्षामा ४ मा अध्ययनरत उज्जीवानी कडेँल उत्कृष्ट भएका छन् । उनिहरुले जनही रु २ हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् ।

    प्रोत्साहन तर्फ सीमान्तकृत चेपाङ समुदायका निर्मल चेपाङ र रोनिश चेपाङलाई पुरस्कृत गरिएको छ । उनिहरुलाई जनही रु ५ सय र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

    समापन समारोहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले पुरस्कार वितरण गरेका थिए । क्लबका अध्यक्ष प्रकाश त्रिपाठीको सभापतित्व तथा गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष माया सिलवालको विशिष्ट आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको हो ।

    इच्छाकामनाको मुग्लिन र कुरिनटारमा गरि दुई दिन चलेको प्रतियोगितामा ३७ जना सहभागी थिए ।