२ वर्ष पहिले
भदौ-३१, शुक्रबार बेलुका करिब पौने ६ बजे इच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिन स्थित त्रिशुली नदीको पुरानो पुलबाट हामफालेर अन्दाजी २७ वर्षका एक पुरुष व्यक्ति बेपत्ता भएका छन् ।
घटनास्थलमा बागमती प्रदेश ३–०२–०३१ प ५२१४ नम्बरको निलो रंगको एफजेट मोटरसाईकल, कालो रंगको झोला र सवारी साधनको लाइसेन्स फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
निराजन घिमिरेको नाममा रहेको लाइसेन्समा गैरीमूडी-९, दोलखा ठेगाना उल्लेख गरिएको छ।
बेपत्ता व्यक्तिको खोजीकार्य जारी रहेको प्रहरीले बताएका छन्। ।