२ वर्ष पहिले
भदौ-२७, बागमती प्रदेश सरकारले नेपाल(नेवारी) र तामाङ भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने निर्णय गरेको छ ।
यसका लागि सरकारले गर्नुपर्ने सबैखालका तयारी र प्रक्रियाका लागि प्रमुख सचिवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए ।
यस्तै, प्रदेश औद्योगिक व्यवसाय नियमावली २०७९ स्वीकृत गर्ने, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९ जारी गर्ने र हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक अस्पतालको रुपमा स्थापना गर्ने निर्णय भएको मन्त्री खनालले जानकारी दिए ।
असोज ३ गते संविधान दिवस मनाउनका लागि मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको संयोजकत्वमा मुल समारोह समिति गठन गरेको छ ।