× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बेलायती महारानीको निधनमा नेपालमा ३ दिन शोक मनाउने

    २ वर्ष पहिले

    भदौ-२४, सरकारले बेलायतकी महारानी एलिजाबेथ द्धितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको छ।

    शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्धितीयको गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गरेको छ।

    बैठकले महारानीको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म देशभर सरकारी कार्यालय, विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

    बैठकले दुखःद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गरेको छ।

    संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहिबार २३ गते निधन भएको थियो।