× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १ सय ५२ संक्रमित थपिँदा निको हुनेको संख्या १ सय ३२

    २ वर्ष पहिले

    भदौ-२४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ५२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४९ हजार ६ सय ९८ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार १ सय ८६ जनाको पिसिआर परीक्षण गर्दा १ सय १० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ५ हजार ५९ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा २ हजार १ सय ८७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४२ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ७७ हजार ३ सय ५३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ४८ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ हजार ३ सय ५९ रहेको छ भने संस्थागत आइसोलेसनमा ८९ जना रहेको छ।

    २४ घण्टामा १ सय ३२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८४ हजार १ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू १८ जना र भेन्टिलेटरमा २ जना रहेको छ।