× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    भारतले कनिका निर्यातमा रोक लगायो, धान-चामल निर्यातमा २० प्रतिशत भन्सार वृद्धि

    २ वर्ष पहिले

    भदौ-२४, भारतले कनिकाको निर्यातमा रोक लगाएको छ । कनिका निर्यात प्रतिवन्ध गर्ने भारत सरकारको निर्णयले नेपाल प्रत्यक्ष प्रभावित हुने भएकाे छ ।

    हिजोदेखि लागू हुने गरी भारत सरकारले गरेको कनिका निर्यात प्रतिबन्धको निर्णय आज (शुक्रबार) देखि कार्यान्वयनमा आएसँगै नेपालका न्युन आय स्तर भएका जनता तथा वियर उद्योग प्रभावित हुने भएको छ।

    यस्तै, धान-चामल निर्यातमा २० प्रतिशत भन्सार बढाएको छ । राजस्व विभागले जारी गरेको सूचना अनुसार ‘भुसी (धान वा नराम्रो) चामल’ र ‘भूसी (खैरो) चामलमा २० प्रतिशत निर्यात शुल्क लगाइएको छ । केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले ‘सेमिमिलेड वा होली मिल्ड चामल, पालिस वा चकित (पार्बोइल्ड चामल र बासमती चामल बाहेक)’ को निर्यातमा पनि २० प्रतिशत भन्सार लाग्ने बताएको छ ।

    आफ्नो उत्पादन घटेको र विश्वभर खाद्य संकटको अवस्था देखिएकाले आफ्नो बजार मूल्य नियन्त्रण गर्न पनि भारतले धान चामल निर्यातमा रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    भारतका केही राज्यमा कम वर्षाका कारण हालसम्म चलिरहेको सिजनमा धानबालीको क्षेत्रफल ५.६२ प्रतिशतले घटेर ३८३.९९ लाख हेक्टरमा पुगेको छ । चीनपछि विश्वको दोस्रो ठूलो धान उत्पादक भारतको विश्व व्यापारमा ४० प्रतिशत हिस्सा ओगटेको छ ।