

४ वर्ष पहिले
भदौ -२४, चितवनको राप्ती नगरपालिका ३ स्थित मन्जु श्री दाना उद्योगको गोदाममा आगलागी भएको छ ।
नेपाल अण्डा उत्पादक संघका बरिस्ठ उपाध्यक्ष किरण भूषण सिंहले संचालन गरेको उद्योगको गोदाममा शुक्रबार बिहान पौने दुई बजेतिर आगलागी भएको हो ।
आगलागीबाट करिब १ करोड ५० लाख बराबरको क्षती भएको पीडितको भनाई उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिए ।
खैरहनीबाट गएको दमकल, स्थानीय र प्रहरीको सहयोगमा करिब एक घन्टामा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत सर्ट भएर भएको आगलागीबाट दाना बनाउन प्रयोग हुने कच्चा पदार्थ ,मेसिन जलेर नस्ट भएको प्रहरी निरीक्षक गुरुङले बताए ।