× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ३ लाख ६३ हजार ८ जना उत्तीर्ण

    ४ वर्ष पहिले

    भदौ -१७, कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक भएको छ ।परीक्षा बोर्ड प्रशासन महाशाखा प्रमुख जंगबहादुर अर्यालले कक्षा १२ को नतिजा सार्वजनिक भएको बताएका हुन्।

    परीक्षामा ४ लाख १० हजार ५९ विद्यार्थी सहभागी भएका मध्ये नियमिततर्फ ३ लाख ६३ हजार ८ जना, ग्रेड बृद्धि तर्फ ३ हजार ४५ र आंशिकतर्फ ३ हजार १ सय ३१ जना परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ।

    त्यस्तै, ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । नियमिततर्फ ३८ जनाको परीक्षा परीक्षा रद्द भएको छ भने ग्रेड बृद्धि तर्फ तीन र आंशिकतर्फ दुई जनाको परीक्षा रद्द भएको बताएको छ।

    कक्षा १२ को नतिजा प्राप्त गर्न को लागि ल्यान्डलाइन वा मोबाइलबाट १६०६ डायल गरी निर्देशनअनुसार सिम्बोल नम्बर थिच्ने वा एसएमएसबाट neb टाइप गरी १६०१ मा पठाउनु सकिन्छ ।अथवा https://neb.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिन्छ।