× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    यातायात व्यवसायीहरुले गण्डकी प्रदेशभर आइतबारदेखि यातायात सेवा बन्द गर्ने कार्यक्रम फिर्ता लिए

    २१ श्रावण २०७९, आईतवार

    २१ श्रावण २०७९, आईतवार

    साउन-२२, सरकारले चर्को कर बढाएको बिरोधमा यातायात व्यवसायीहरुले गण्डकी प्रदेशभर आइतबारदेखि यातायात सेवा बन्द गर्ने कार्यक्रम फिर्ता लिएको छ ‌ ।

    सरकारले यातायात व्यवसायीहरुको माग पुरा गर्ने प्रतिबद्धता जनाएसँगै आइतबार प्रदेश भरी यातायात सेवा बन्द गर्ने निर्णय फिर्ता लिएको हो ।

    पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीका अनुसार गण्डकी प्रदेश सरकारले यातायात व्यवसायीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता दिएको बताए ।‘अहिले प्रदेश सरकारसँग व्यवसायीको छलफल भइरहेको छ, उनले भने, ‘यथाशिघ्र यातायात व्यवसायीको माग सम्बोधन गर्ने सहमति भएपछि घोषित आन्दोलन फिर्ता गरेका हौ । मुख्यमन्त्री सहित विभागीय मन्त्रीहरु सम्मिलित बैठक छिटै बस्ने र माग सम्बोधन गर्ने सहमति भएको छ ।’

    गण्डकी प्रदेश सरकारले सवारी साधन नबिकरणमा दुईसय प्रतिशत जरिवाना बढाएको भन्दै ब्यवसायीले उक्त निर्णय फिर्ता लिन माग गर्दै बिरोध जनाएका थिए ।