

१४ श्रावण २०७९, आईतवार
साउन-१५, खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षकाे पद्यश्री पुरस्कारका लागि पाँच पुस्तककाे सूची सार्वजनिक गरेकाे हाे।
२०७८ को असार१५ सम्ममा प्रकाशित भएर प्रतिष्ठानमा प्राप्त भएका कृतिहरूमध्येबाट १५ वटा कृतिको सूची सार्वजनिक गरिएको थियो। उक्त सूचीमा परेका कृतिहरूमध्येबाट समितिले थप अध्ययन तथा मूल्यांकन गरी प्रतिष्ठानलाई उत्कृष्ट संक्षिप्त सूचीको प्रयोजनको लागि पाँच वटा कृतिहरूको नामावली उपलब्ध गराएको हो ।
तेस्रो तथा अन्तिम चरणमा यिनै पाँच कृतिहरूमध्येबाट पुरस्कृत कृति चयन गरिने प्रतिष्ठानले जनाएको छ ।यी सूची खुला स्वतन्त्र निर्णायक समितिको सिफारिसमा सार्वजनिक गरिएको थियाे।
प्रतिष्ठान अनुसार सार्वजनिक गरिएको सूचीमा डा. नवराज लम्सालको ‘अग्नि’, केशवराज ज्ञवालीको ‘अर्को भोर’, उषा हमालको ‘भिक्षुसँग प्रेम’, दिपक पराजुलीको ‘मिथ्या’ र केवल बिनाबीको ‘यादहरूको संग्रहालय’ रहेका छन्।पाँचमध्ये उत्कृष्ट कृतिलाई पद्यश्री पुरस्कार दिइनेछ।
यस प्रतिष्ठानले वि. सं. २०६३ सालदेखि मोफसलमा प्रकाशित उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ। पद्मश्री पुरस्कार पहिलोपटक पाउने स्रष्टा गणेश रसिक हुन्। उनलाई वि.सं. २०६३ मा ‘दसगजामा उभिएर’ भन्ने कृतिका लागि प्रदान गरिएको थियो।