× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    दुर्घटनाको उपचार खर्च नदिएको भन्दै लेकबेशी यातायात समितिको ७ वटा गाडी मुग्लिनमा रोकियाे

    ४ वर्ष पहिले

    बैशाख-२२, चितवन जिल्लाको इच्छाकामना गाउँपालिका मुग्लिनमा काठमाडौँ नवलपरासी चल्ने लेकबेशी यातायात समितिको ७ वटा गाडी रोकिएको छ।

    २०७७ फागुन १ गतेका दिन धादिङको चरौंदीमा लेकबेशी यातायात समितिका बा.३.ख ८४ नम्बरको माइक्रोबस रोकि राखेको ट्रकसँग ठोक्किदा भएको दुर्घटनामा परी मुग्लिन निवासी पुजा लामिछाने सख्त घाइते भएका थिइन् ।

    घाइते भएपश्चात काठमाडौंको हस्पिटलमा उपचार गर्दै गर्दा पुर्णरुपमा स्वास्थ्य नहुँदै अस्पतालबाट डिस्चार्ज पाएकि घाइतेको थप उपचारका लागि समितिले चासो नदिनुका साथै घाइतेलाई भरतपुर देखि काठमाडौंको मेडिसिटि हस्पिटलमा मनाङ एयर प्रालिको हेलिकोप्टर बाट उद्वार गर्ने क्रममा लागेको खर्च समेत नबेहोरेको हुँदा घाइतेका आफन्त तथा मुग्लिनका युवाहरुले सो गाडी नियन्त्रणमा लिएको हो ।

    उपचारको क्रममा चितवन देखि काठमाडौं सम्मको हेलिकोप्टर भाडा १ लाख ३० हजार समितिले भुक्तानी नगर्दा मनाङ एयर प्रालिले घाइतेका श्रीमान दीपक लामिछानेलाई पटक पटक प्रहरी चौकीमा लगेर थुनेको र गरिबिका कारण पिडित घाइते परिवारले सो रकम तिर्न असमर्थ हुँदा दुर्घटना गराउने समितिको गाडी रोक्न बाध्य भएको मुग्लिनका युवाहरु बताउँछन्।

    एकातिर श्रीमतीको थप उपचार नहुनु र अर्कोतिर एयर प्रालिले रकम भुक्तानीको ताकेता गरेपछि पटक पटक यातायात समितिको पदाधिकारीहरूसँग सम्पर्क गर्न खोज्दा समितिको कुनै पनि ब्यक्ति सम्पर्क नआउनाले बाध्य भएको लामिछानेले बताए।