× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपाल सफा गरौं र रिभर क्लिन अपको सहकार्यमा ५४ स्वयंसेवकले गरे त्रिशुली नदि सरसफाइ

    ३ वर्ष पहिले

    चैत-२१,नेपाल सफा गरौं (Lets clean up Nepal) र रिभर क्लिन अप (River Cleannup )को सहकार्यमा ५४ जना स्वयमसेबकहरुले चैत्र १९ गते शनिबार त्रिशुली नदिको किनार सरसफाइ गरेको छ।

    नेपाल सफा गरौं (Lets clean up Nepal)का संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठले दिएको जानकारी अनुसार शनिबारको दिन गजुरी नगरपालिका वडा नं २ र रोराङ गाउँपालिका वडा नं ३ अन्तर्गत मलेखु देखि ब्लु हेभेनसम्म त्रिसुलि नदिको किनार सरसफाइ सम्पन्न भएको हो।

    सरसफाई कार्यक्रममा देशको बिभिन्न स्थानका ५४ जना स्वयंसेवकहरुको सहभागी भएको थियोे। स्वयंसेवकहरुले त्रिसुली नदिको किनारबाट १२० बोरा प्लाष्टिकजन्य फोहोर संकलन गरी फोहोरलाई पुन प्रयोग प्रसोधन गर्न काठमाडौंमा रहेको डोको रिसाइकलर्सलाई हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

    बिगत ५ बर्स देखि नेपालका हिमालि भेग , नदि नाला, गाउँ सहर सरसफाई संगै जनचेतनामूलक कार्यक्रम गर्दै बाताबरण जोगाउनको निमित्त प्लाष्टिक प्रदुषण र ग्लोबल वार्मिङलाई कम गर्न स्थानीयस्तर र बिधालयहरुमा गई बाताबरण जोगाउन शिक्षामुलक कार्यक्रमहरु गर्दै आइरहेको र आगामी दिनहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिइने नेपाल सफा गरौं संस्थाका कोषाध्यक्ष टेकलाल श्रेष्ठले बताउनुभयो।