× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    नेपालले क्यानडालाई हराउँदै समुह विजेताको रुपमा सेमिफाइनल प्रवेश/ फाइनल प्रवेशको लागि युएईसँग भिड्ने

    ४ वर्ष पहिले

    फागुन-९, आइसिसी पुरुष टी-ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत समुहको आफ्नो अन्तिम खेलमा नेपालले क्यानडा ८ विकेटले हराउँदै समुह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

    टस हारेर पहिले बलिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै क्यानडालाई १५ ओभरमा ८० रन दिएर सबै विकेट लिन सफल भयो। नेपालको धारिलो बलिङअघि क्यानडाका ब्याट्सम्यान टिक्न सकेनन्।

    क्यानडाका लागि डिलोन हेलिगरले २४, नवनित धलिवालले १८, रायन पठानले १४ र सल्मान नजरले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।नेपालका लागि कप्तान सन्दीप लामिछानेले तीन, कमलसिंह ऐरी र अविनाश बोहराले दुई-दुई तथा कुशल मल्लले एक विकेट लिए।

    ८१ रनको विजय लक्ष्य पछ्याएको नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै विजय लक्ष्य हासिल गर्न सफल भयो।

    नेपालको लागि आसिफ शेख १६ र कुशल मल्ल शुन्य रनमा आउट भए भने कुशल भुर्तेल ३४ र दीपेन्द्रसिंह ऐरी २७ रनमा नटआउट रह्यो।

    क्यानडाका लागि कलिम साना र सलमान नजरले समान १/१ विकेट लिए।

    यो खेलमा जित हासिल गरेसंगै नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । समूह ए बाट आयरल्याण्ड र युएई क्रमश: विजेता र उपविजेताका रुपमा सेमिफाइनल पुगिसकेका छन् ।

    समूह विजेता भएको नेपालले फाइनल प्रवेशका लागि भोलि युएईसँग खेल्ने छ ।फाइनल प्रवेशका गर्ने दुई टोलीले सन् २०२२ को अन्तिममा अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्नेछ ।

    भोलि हुने सेमिफाइनलको खेल नेपालको लागि अस्ट्रेलियामा हुने टी–२० विश्वकप प्रवेशको लागि अन्तिम अवसर हुनेछ।