× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    विश्वकप छनोटमा नेपालले ओमान ३९ रनले हरायो

    ४ वर्ष पहिले

    फागुन-६, आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै नेपालले ओमानलाई ३९ रनले हराउन सफल भएको छ।

    अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो।

    नेपाललाई जिताउन कमल सिंह ऐरी, जितेन्द्र मुखिया, कप्तान सन्दीप लामिछानेले २-२ विकेट लिए। अभिनाश बोहरा र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो।