× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा २८९ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ३७५८

    ३ वर्ष पहिले

    माघ-१२, चितवनमा पछिल्लो २४ घण्टामा २ सय ८९ जना कोरोना संक्रमित थपिएका छन् भने १ सय ५० जना संक्रमित निको भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ६ सय ३७ जनाको पिसिआर परीक्षण १ सय ९५ र १ सय ८२ एन्टिजन परीक्षण गर्दा ९४ कोरोना पुष्टि भएका छ ।

    जसमध्ये भरतपुर महानगरपालिकाको २ सय २१, खैरहनी नगरपालिकाको ९, माडी नगरपालिकाको १४, रत्ननगर नगरपालिकाको ३२, राप्ती नगरपालिकाको ४, कालिका नगरपालिकाको ५ र ईच्छाकामना गाउँपालिकाको ४ जना गरी जम्मा २ सय ८९ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ५८ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको २ हजार ८ सय १०, खैरहनी नगरपालिकाको १ सय ६६, माडी नगरपालिकाको १ सय २९, रत्ननगर नगरपालिकाको ३ सय ६९, राप्ती नगरपालिकाको १ सय २९, कालिका नगरपालिकाको ९३ र ईच्छाकामना गाउँपालिकाको ६२ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ३८ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ३ हजार ७ सय २० जना घरको आइसोलेसनमा रहेका छन्।