× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु

    ३ वर्ष पहिले

    माघ-७, पहिरोका कारण गएराति देखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड अहिले दुवै तर्फ सञ्चालनमा आएको छ ।

    उक्त सडक खण्ड अन्तरगत चितवनको इच्छाकाामना गाउँपालिका वडा नं. ६ स्थित कालीखोला नजिकै झरेको पहिरोको कारण राति २:३० बजे देखि राजमार्ग पुर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो ।

    सडक डिभिजन कार्यालय भरतपुरको ४ वटा मेशिनले विहान ६ बजे देखि नै पहिरो हटाउन शुरु गरी करिब ६ घण्टा पछि पहिरो पुर्ण रुपमा हटाइ राजमार्ग दुइ तर्फी नै खुल्ला गरिएको तर तर सडकमा दोहोरो पार्किङ तथा गलत लेनमा सवारी साधन रहेकोलेे यातायात सञ्चालनमा कठिनाइ भइरहेको ट्राफिकप्रहरी कार्यालय मुग्लिनले हाइवे समाचारलाई जानकारी दिएका छन् ।