× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    नोभाक जोकोभिचको अपिल अदालतद्वारा अस्वीकार, अस्ट्रेलियन ओपन खेल्न नपाउने

    १ माघ २०७८, आईतवार

    १ माघ २०७८, आईतवार

    माघ-२, शिर्ष बरियताका टेनिस खेलाडी नोभाक जोकोभिचको अस्ट्रेलियामा रहने अन्तिम प्रयासलाई एक अदालतले अस्वीकार गरेपछि उनी अस्ट्रेलियन ओपन खेल्न नपाउने भएको छ।

    अस्ट्रेलियाको सङ्घीय अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मत रुपमा उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने निर्णय दिएसँगै अस्ट्रेलियन ओपनको उपाधि रक्षा गरि सर्वाधिक ग्राण्डस्लाम उपाधि जितेर इतिहास रच्ने उनको चाहनामा धक्का पुगेको छ।

    अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता सोमवार सुरु हुँदै छ र जोकोभिचले पहिलो चरणमा सोमवार राति सर्बियाकै खेलाडीविरुद्ध खेल्ने तालिका सार्वजनिक भएको थियो।