× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    लक्षित वर्गलाई आज देखि दिने भनिएको अतिरिक्त डोज खोपको कार्यक्रम स्थगित

    ३ वर्ष पहिले

    पुष-२०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षित वर्गलाई आजदेखि दिने भनिएको कोभिड–१९ विरुद्धको अतिरिक्त डोज खोप कार्यक्रम स्थगित भएको छ।

    मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी लक्षित वर्गका लागि कोभिड–१९ विरुद्धको खोपको थप मात्रा दिनेबारे जारी भएको सूचना अनुसारको कार्यक्रमलाई हाल स्थगित गरिएको जनाइएको छ।

    विज्ञप्तिमा सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पुरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकोले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गर्न अतिरिक्त डोज खोपको कार्यक्रम स्थगित गरिएको जनाइएको छ।

    त्यस्तै थप प्राविधिक विषयहरुमा छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि अतिरिक्त डोज खोपको बारेमा जानकारी गराउने मन्त्रालयका प्रवक्ता डा. गीता कौशल मिश्रले जानकारी गराएकी छिन्।

    अतिरिक्त डोज दिन कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिक, गम्भीर प्रकारका दीर्घरोगी, अंग प्रत्यारोपण गरेका व्यक्तिहरू लगायत ६ वर्गलाई प्राथमिकतामा राखिएको थियो ।