× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    PDP भ्लगरको मोटरसाइकल दुर्घटनामा मृत्यु ।

    ३ वर्ष पहिले


    पौष १६, चितवन
    नारायणगढ मुग्लिन सडक खण्डमा जिप र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

    मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ ३ नम्बर पुलमा नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको ग १ ज ७१७० नम्बरको जिपले विपरित दिशाबाट गइरहेको प्र. ३–०२–००७ प ६३३० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल सवार २ जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिन संचार शाखाले जानकारी दिएको छ ।

    दुर्घटनामा परी मृत्यु हुनेमा काठमाण्डौ महानगरपालिका कपनका अन्दाजी वर्ष २० का प्रकास ढकाल र सोही स्थानका अन्दाजी वर्ष १९ का आयुष कुमार खड्का रहेको प्रहरीले जनाकाएको छ ।

    मोटरसाइकलमा PDP Vlog लेखिएको हुदा मृतक ढकाल Vloger समेत रहेको आशंका गरिएको छ । ठक्कर दिने जिप र चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले आफ्नो नियन्त्रणमा लिएको छ । दुर्घटना पछि उक्त सडक खण्ड केही समय अवरुद्ध बन्न पुगेको थियो ।