× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चर्चित -यापर लाहुरे पक्राउ

    ४ वर्ष पहिले

    पुष-१५, चर्चित -यापर लाहुरे भनेर चिनिने आशीष राना मगर पक्राउ परेका छन्।

    लागुऔषध कारोबारसम्बन्धी मुद्दामा मुछिएपछि उनलाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको हो। उनी पोखराकै हुन्।

    प्रहरीले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरे पनि विस्तृत विवरण दिन इन्कार गरेको छ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीसहित अन्य ३ जनालाई पोखराको न्यूरोड नयाँ बजार पक्राउ गरिएको हो ।

    बिहीबार सार्वजनिक बिदा भएकाले शुक्रबार उनीहरुमाथि म्याद थप गरेर अनुसन्धान अगाडि बढाउने पनि प्रहरीले जनाएको छ ।