× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    चिलीको राष्ट्रपतिमा ३५ वर्षीय वामपन्थी नेता ग्याब्रियल बोरिक विजयी

    ४ वर्ष पहिले

    पुष-५, दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम उमेरका वामपन्थी उम्मेदवार ग्याब्रियल बोरिक विजयी भएका छन् । उनले दक्षिणपन्थी उम्मेदवार जोसे एन्टोनियो कास्टलाई हराएका हुन् । कास्टले आधा मत गन्दा नै हार स्विकारेका हुन् ।

    बोरिकका समर्थक खुशियाली मनाउँदै

    हिजो भएको राष्ट्रपतीय चुनावमा ३५ वर्षका युवा नेता बोरिकले ५६ प्रतिशत मत पाउनु भएको छ भने कास्तले ४४ प्रतिशत मत पाउनु भएको छ ।

    सन् २०१९ र २०२० मा चिलीमा असमानता र भ्रष्टाचारको विरोध गर्दै भएको आन्दोलनमा बोरिकको महत्त्वपूर्ण भूमिका रहेको थियो । उनी पूर्वविद्यार्थी नेतासमेत हुन् ।

    बोरिकले अर्को वर्षको मार्चदेखि राष्ट्रपति पद सम्हाल्नेछन्। त्यसबेलासम्म वर्तमान राष्ट्रपति सेबास्टियन पिनेराले संक्रमणकालिन सरकारको नेतृत्व गर्नेछन्। पिनेराले राष्ट्रपति निर्वाचित बोरिकलाई तीन महिनाको आफ्नो सरकारलाई सहयोग गर्न फोन गरेर आग्रह पनि गरेका छन्।